२३ असार २०८३, मंगलबार

पार्टीभित्रको मतभेद हटाएर आगामी चुनावमा बहुमत ल्याउँछौं : शेरबहादुर देउवा

साउन ६, २०८०
विराटनगर
पार्टीभित्रको मतभेद हटाएर आगामी चुनावमा बहुमत ल्याउँछौं : शेरबहादुर देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको मतभेद हटाउन सके आगामी चुनावमा बहुमत आउने बताएका छन् ।

शनिवार सुनसरीको इनरुवामा कांग्रेसको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले पार्टीभित्रको मतभेद र आपसी मनोमालिन्य हटाउन सके अब हुने आम निर्वाचनमा बहुमत ल्याउन कठिन नहुने बताए । ‘पार्टी भित्र सानातिना मतभेद हुन्छन् । हाम्रोमा पनि छ, अरू पार्टीमा पनि छ । तर कांग्रेसले आन्तरिक एकतालाई मजबुत बनाएर अघि बढ्न सके फेरि बहुमत ल्याउन सक्छ’ उनले भने ।

देशमा स्थायी शान्तिलाई अझ मजबुत बनाएर संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्ने उनको भनाइ थियो । उनले कांग्रेसका नेता तथा कार्यकर्ता जनताको घरदैलोमा पुगेर समस्याबारे जानकारी लिनुपर्ने बताए ।

पूर्व प्रधानमन्त्री समेत रहेका सभापति देउवाले शनिवार नै सुनसरीको बलाहमा निर्मित बीपी कोइरालाको पूर्णकदको शालिक पनि अनावरण गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्