०८ साउन २०८३, शुक्रबार

दिल्लीमा बाढीको खतरा, यमुनामा बढ्यो जल सतह

साउन ७, २०८०
काठमाडौं
दिल्लीमा बाढीको खतरा, यमुनामा बढ्यो जल सतह
प्रतिकात्मक तस्वीर

भारतको राजधानी नयाँदिल्लीमा बाढीको खतरा देखिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार हरियाणाको यमुनानगरमा हथिनी कुण्डामा १८ गेट खोलिएका छन् ।

त्यहाँको पानी कुरुक्षेत्र, करनाल, पानीपत र सोनीपत हुँदै दिल्ली पुग्नेछ । जसले गर्दा दिल्लीमा बाढीको खतरा देखिएको छ ।

पहाडी क्षेत्रमा अझै वर्षा भइरहेको छ । शनिवार ११ बजे हथिनीमा २ लाख २३ हजार ५४ क्युसेक पानी थियो भने २ बजेसम्म २ लाख ५१ हजार ९८७ क्युसेक पुगिसकेको छ । हथिनीमा ७० हजारभन्दा बढी क्युसेक पानी पुगेमा खतरा मानिन्छ ।

हरियाणा सरकारले विपद् आउनसक्ने भएकाले सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्