३० जेठ २०८३, शनिबार

छात्रवृत्तिमा गल्ती विवरण पेस गरे परीक्षा र भर्ना रद्द हुने

साउन ७, २०८०
काठमाडौं
छात्रवृत्तिमा गल्ती विवरण पेस गरे परीक्षा र भर्ना रद्द हुने

काठमाडौं महानगरपालिकाले छात्रवृत्ति परीक्षामा गलत विवरण पेस गरे भर्ना नै रद्द गर्ने भएको छ । कामपाको शिक्षा शाखाले कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थी छनोटको लागि एकीकृत परीक्षा सञ्चालन गर्न लागेको छ ।

साउन २० गते हुने परीक्षाको लागि विद्यार्थीले गलत विवरण पेस गरी झुठो ठहरिए आवेदन फारम रद्द गरिनुका साथै भर्ना भइसकेको भए पनि भर्नासमेत रद्द गरी शैक्षिक कार्यक्रमबाट निष्कासन गर्ने निर्णय गरेको छ । 

कामपा शिक्षा शाखा प्रमुख सीताराम कोइरालाले छात्रवृत्ति परीक्षाको लागि फारम भर्दादेखि परीक्षा दिँदासमेत परीक्षाको महत्वलाई ख्याल गर्नुपर्नेमा जोड दिए । नेपाल समाचारपत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्