×

NMB BANK
NIC ASIA

‘माइतीको पोषिलो कोसेली’ : गर्भवती र सुत्केरीलाई घिउ, अन्डा र न्यानो पछ्यौरी

गोरखा | साउन ७, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

गोरखाको अजिरकोट गाउँपालिकाले गर्भवती र गर्भमा रहेका शिशुको पोषण सुधारका लागि गर्भवतीलाई लोकल भैँसीको घिउ र अन्डा वितरण गर्दै आएको छ । गर्भवती  र गर्भमा रहेका शिशुको पोषणमा कमी हुन नदिन ‘माइतीको पोषिलो कोसेली’ कार्यक्रमअन्तर्गत पालिकाभित्रका गर्भवतीलाई लोकल भैँसीको घिउ र अन्डा वितरण गर्दै आएको गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए ।
  
“पोषिलो खानेकुराको अभावमा गर्भवती  र गर्भमा रहेको शिशुको शारीरिक तथा मानसिक वृद्धिविकासमा असर परिरहेको हुन्छ”, उनले भने, “बालबालिकालाई कुपोषणबाट जोगाउन गर्भमा रहँदादेखि नै ध्यान पुर्‍याउन सकियोस् भन्ने उद्देश्यले ‘माइतीको पोषिलो कोसेली’ कार्यक्रम सञ्चालन ल्याइएको हो ।” कार्यक्रमअन्तर्गत पालिकाभित्रका स्वास्थ्य संस्थामा गर्भ परीक्षणका आउने गर्भवतीलाई पोषिलो आहार वितरण गर्ने गरिएको उनले बताए ।

Muktinath Bank

“पोषण सुधारका लागि सञ्चालित ‘माइतीको पोषिलो कोसेली’ कार्यक्रमअन्तर्गत गाउँमै उत्पादित लोकल भैँसीको घिउ र अन्डा गर्भवतीलाई प्रदान गर्ने गरिएको छ”, गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख ठाकुर भट्टले भने, “गर्भ परीक्षण गराउन आएको पहिलो, तेस्रो र चौथो भेटमा प्रत्येक पटक एक–एक मानाका दरले लोकल घिउ र एक–एक क्रेट अन्डा उपलब्ध गराउने गरिएको हो ।”


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीयस्तरमा उत्पादन भएको घिउमा मिसावट नहुने र पोषणयुक्त हुने भएकाले गाउँपालिकाले स्थानीय उत्पादन नै खरिद गरेर गर्भवतीलाई वितरण गर्दै आएको शाखा प्रमुख भट्टले बताए । चौथोपटकको भेटमा सुत्केरी गराउन आएका बेला भने भैँसीको घिउ र अन्डासँगै न्यानो पछ्यौरीसमेत प्रदान गर्ने गरिएको उनको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

कार्यक्रमले गर्भवतीलाई नियमित गर्भ परीक्षण गराउन प्रोत्साहनसमेत मिलेको उनको भनाइ छ । “नियमित गर्भ परीक्षण गराए आमा र शिशुको स्वास्थ्य अवस्थाका बारेमा पनि जानकारी हुने र गाउँपालिकाबाट पोषण सामग्री पनि पाउने भएपछि नियमित गर्भ परीक्षण गराउनुपर्छ भन्ने सोचको विकास पनि हुँदै गएको छ”, उनले भने, “यसबाट गर्भवतीलाई स्वास्थ्य सुरक्षामा ध्यान पुर्‍याउन पनि सजिलो भएको छ ।”

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x