०९ असार २०८३, मंगलबार

प्रदेश नम्बर २ मा सेनाद्वारा बाटो मर्मत सम्पन्न

कात्तिक २०, २०७४
प्रदेश नम्बर २ मा सेनाद्वारा बाटो मर्मत सम्पन्न


काठमाडौँ, २८ भदौ - गत साउन महिनामा परेको अविरल वर्षापछि प्रदेश नम्बर २ का बाढीबाट प्रभावित आठ जिल्लाका सडक, पुल, कलभर्ट तथा बाटोहरू मर्मत कार्य सम्पन्न भएको छ ।army_1

आगामी असोज २ गते हुन गइरहेको तेस्रो चरणको स्थानीय निर्वाचनको क्रममा सर्वसाधारण जनतालाई मतदान केन्द्रहरूसम्म पुग्ने पहुँच मार्ग तथा सडकहरू सुरु गर्न स्थानीय निकायहरूसँगको सहकार्यमा नेपाली सेनाले मर्मत तथा स्तरोन्नति कार्य आजबाट सम्पन्न गरेको जनाएको छ ।

सेनाले पर्सा जिल्लाका चार स्थानमा एक किलोमिटर सडक र एउटा कल्भर्ट, बाराको पाँच स्थानमा सात किलोमिटर सडक, रौतहटको फतुवा, महेशपुर र राजपुर नगरपालिकाको विभिन्न स्थानमा चार किलोमिटर सडक र एउटा पुल, सर्लाहीको चक्रघट्टा गाउँपालिका, बलरा नगरपालिकाको विभिन्न १४ स्थानमा १५ किमि सडक र तीनवटा कल्भर्ट, महोत्तरीको लोहरपट्टि गाउँपालिकाको चार किमि सडक, दुईवटा पुल र तीनवटा कल्भर्ट, धनुषाको जनकपुर उपमहानगरपालिका र ककनपट्टिको विभिन्न १० स्थानमा ७२७ मिटर सडक र तीन कल्भर्ट, सिरहा जिल्लाको विष्णुपुर, बरियापट्टि गाउँपालिका तथा गोलबजार र सुखीपुर नगरपालिकाको विभिन्न २० स्थानमा तीन किमि सडक र १० वटा कल्भर्ट, र सप्तरीको शंखरापुर, तिगाढी–कोइलाढी, रुपनी, तिरहुत, खडक, डाक्नेश्वरी र राजविराज नगरपालिकाको आठ स्थानमा पाँच किमी सडक मर्मत तथा स्तरोन्नति सकिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्