
काठमाडौंको बुढानिलकण्ठ गैरीगाउँस्थित सुजन श्रेष्ठको घरबाट ३० लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
बुढानिलकण्ठ नगरपालिका ३ गैरीगाउँ बस्ने श्रेष्ठको घरबाट सुन तथा हिराका गरगहना र नगद ८ हजार ५ सय रूपैयाँसहित गरेर ३० लाख रुपैयाँ बराबरको धनमाल शनिवार बिहान चोरी भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।