२० असार २०८३, शनिबार

सीता दाहालको सम्झनामा बेल्जियममा श्रद्धाञ्जली सभा

साउन ७, २०८०
काठमाडौं
सीता दाहालको सम्झनामा बेल्जियममा श्रद्धाञ्जली सभा

नेपाली जनप्रगतिशील मञ्च बेल्जियमले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी स्व. सीता दाहालको निधनप्रति शोक व्यक्त गर्दै श्रद्धाञ्जली सभा गरेको छ ।

मञ्चका अध्यक्ष प्रकाश पौडेलको अध्यक्षतामा भएको श्रद्धाञ्जली कार्यक्रममा बेल्जियमस्थित विभिन्न संघसंस्था एंव राजनीतिक पार्टीका प्रतिनिधीहरूको उपस्थिति रहेको थियो । 

कार्यक्रममा मञ्चका महासचिव कल्पना मगरले दाहालको जीवनी छोटकरीमा पढेर सुनाएकी थिइन् भने अन्य अतिथिहरूले स्व. दाहालको तस्वीरमा अविर र खादा तथा माला लगाएर श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै एनआरएनए बेल्जियमकी अध्यक्ष सीता सापकोटाले सीता दाहालको जीवन अत्यन्त संघर्षशील रहेको बताइन् । 

नेपाली प्रवासी मञ्च बेल्जियमकी अध्यक्ष इशा गुरुङले सीता दाहालको निधनले आफू निकै मर्माहत भएको बताइन् ।

कार्यक्रममा जनसम्पर्क समिति बेल्जियमका महामन्त्री प्रकाश गिरी, तमु धी बेल्जियमका अध्यक्ष प्रवीना गुरुङ, नेपाल पत्रकार महासंघका बेल्जियमका अध्यक्ष ओम शर्मालगायतले श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्