
झन्डै १ क्विन्टल सुन तस्करी प्रकरणमा राजश्व अनुसन्धान विभागले ३ जना भन्सारका कर्मचारी र ३ जना भन्सार एजेन्टलाई आइतवार पक्राउ गरेको छ ।
विभागका सूचना अधिकारी नवराज अधिकारीका अनुसार निलम्बित भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवं जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ पक्राउ परेका हुन् ।
यस्तै भन्सार एजेन्टहरू यादवशंकर पराजुली, सुदर्शन गौतम र रूकमिना सुब्बा पनि पक्राउ परेका छन् ।
पक्राउ परेकाहरूको उच्च अदालत पाटनबाट म्याद थप गरिएको उनले बताए । यससँगै उक्त मुद्दामा अहिलेसम्म कुल १६ जना पक्राउ गरिसकिएको उनले बताए ।