०६ असार २०८३, शनिबार
काठमाडौँमै यस्तो असुरक्षा

राजधानीको सामाखुसीमा बाढीले बगाउँदा १३ वर्षीय बालक बेपत्ता

साउन ७, २०८०
काठमाडौं
राजधानीको सामाखुसीमा बाढीले बगाउँदा १३ वर्षीय बालक बेपत्ता

राजधानीको सामाखुसीमा एक बालकलाई बाढीले बगाउँदा बेपत्ता भएका छन् । अविरल वर्षासँगै आएको बाढीले आइतबार साँझ १३ वर्षीय बालक साजन मगरलाई  बगाएको हो । 

भोजपुर घर भई सामाखुसी बस्दै आएका ती बालकको खोजी कार्यमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा एसपी सीताराम रिजालले जानकारी दिए  । उनी भानुभक्त माविमा कक्षा ६ मा पढ्ने बालक भएको खुलेको छ । 

 जल तथा मौसम विभागले आइतबार साँझको वर्षापछि सामाखुसी र सो आसपासको क्षेत्रमा विष्णुमती नदीको बाढीले खतराको तह पार गरेको जनाएको छ ।

महाशाखाले सो नदी तटीय क्षेत्रका सर्वसाधरणलाई सचेत रहन आग्रह गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्