२४ जेठ २०८३, आइतबार

केपी ओलीसँग श्रीलङ्का र नाईजेरियाका पूर्वराष्ट्रपतिबीच भेटवार्ता

साउन ८, २०८०
काठमाडौं
केपी ओलीसँग श्रीलङ्का र नाईजेरियाका पूर्वराष्ट्रपतिबीच भेटवार्ता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले श्रीलङ्का पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेना र नाइजेरियाका पूर्वराष्ट्रपति गुडलक जोनाथनसँग शिष्टाचार भेटवार्ता गरेका छन् । 

कम्बोडियाको सातौं राष्ट्रिय व्यवस्थापिकाको आम निर्वाचनमा पर्यवेक्षणका लागि त्यहा पुगेका ओलीले आइतवार उनीहरूसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गरेका ओलीको सचिवालयले जनाएको छ ।

null

श्रीलङ्का पूर्वराष्ट्रपति सिरिसेना र नाइजेरियाका पूर्वराष्ट्रपति जोनाथन पनि निर्वाचनमा पर्यवेक्षणका लागि कम्बोडिया पुगेका हुन् ।

यसअघि निर्वाचन पर्यवेक्षकका रुपमा त्यहाँ पुगेका पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुस राजा गिलानीसँग पनि ओलीले भेटवार्ता गरेका थिए । अध्यक्ष ओलीले आज कम्बोडियामा भएको निर्वाचनमा तीन वटा मतदान केन्द्रको पर्यवेक्षण गरेका छन् ।

यही साउन २ गते निर्वाचनको पर्यवेक्षकका लागि कम्बोडिया पुगेका उनी आज स्वदेश फर्कने कार्यक्रम छ ।

salt training

कमेन्ट गर्नुहोस्