२८ जेठ २०८३, बिहीबार

सामाखुशीको बाढीमा बेपत्ता बालक अझै भेटिएनन्, खोजी कार्य जारी

साउन ८, २०८०
काठमाडौं
सामाखुशीको बाढीमा बेपत्ता बालक अझै भेटिएनन्, खोजी कार्य जारी
फाइल फोटो

काठमाडौंको सामाखुशीमा बाढीले बगाउँदा बेपत्ता भएका बालकको खोजी कार्य जारी रहेको छ । 

काठमाडौं महानगरपालिका–३ रानीबारीस्थित सामाखुशी खोलाको बाढीले बगाउँदा आइतवार साँझ  १३ वर्षीय साजन मगर बेपत्ता भएका थिए ।

उनको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक अनिल अधिकारीले जानकारी दिए ।

सामाखुशीमा बस्दै आएका मगर पानीपोखरीस्थित भानुभक्त मेमोरियल स्कुलको कक्षा ६ मा अध्ययनरत थिए । 

विद्यालयबाट फर्किएपछि उनी साँझ खेल्न निस्केका थिए । मगरको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापनको टोलीले खोजी गरिरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्