प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खाद्य सुरक्षासम्बन्धी राष्ट्रसंघीय सम्मेलनलाई सम्बोधन गरेका छन् ।
संयुक्त राष्ट्रसंघीय खाद्य कार्यक्रमले इटलीको रोममा आयोजना गरेको कार्यक्रमलाई प्रचण्डले सोमवार सम्बोधन गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले विद्यार्थीका लागि पोषणयुक्त खाद्यान्न आपूर्तिको प्रतिबद्धता जनाए ।
उनले बालबालिकाको सिकाइ र नतिजामा सुधारका लागि लगानी अभिवृद्धि गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
नेपालले विद्यार्थीका लागि दिवा खाजाको व्यवस्था गरेको पनि सम्बोधनमा उनले उल्लेख गरेका थिए ।
राष्ट्रसंघीय सम्मेलनमा गएका प्रधानमन्त्रीले इटालीमा केही ‘साइडलाइन’ वार्ता गर्ने तयारी गरेका छन् ।