×

NMB BANK
NIC ASIA

कांग्रेसले गरेका राम्रा काम जनतालाई बुझाउनुपर्छ : महामन्त्री शर्मा

काठमाडाैं | साउन ८, २०८०

NTC
Premier Steels

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले गरेका राम्रा काम जनतालाई बुझाएर अघि बढ्नुपर्ने बताएका छन् । 

Muktinath Bank

साउन २ गतेदेखि जारी कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सोमवार उनले बैठकमा उठेका प्रश्नको जवाफ दिँदै कांग्रेसले लिएका नीतिका कारण मुलुकमा बृहत् परिवर्तन सम्भव भएको उल्लेख गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेसले बैठक लाइभ गरेपछि यसको आकर्षण अन्य दलमा पनि पर्ने बताउँदै महामन्त्री शर्माले कांग्रेस बैठकमा ७ दिनसम्म संसद्मा भएको जस्तै छलफल भएको बताए । बैठकमा अन्य दलको बारेमा नबोल्नु भनी आएको प्रश्नका सम्बन्धमा उनले त्यस्तो कसैले नभनेको भनी स्पष्ट पारे ।


Advertisment
Nabil box
Kumari

अर्का महामन्त्री गगनकुमार थापाले बैठकमा प्रस्तुत गरेको सांगठनिक कार्यतालिका कार्यान्वयनका सम्बन्धमा उनले यो प्रस्ताव सिंगो संगठनका लागि भएकाले सबै आशंका नगरी अठोट गरेर लाग्नुपर्ने स्पष्ट पारे ।

Vianet communication

महामन्त्री शर्माले बैठकमा आएका प्रश्न र गुनासोलाई आत्मसात गरेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे । उनले पार्टी सभापतिले घरबाटै पार्टी चलाएको भन्ने प्रश्नको जवाफ दिँदै आगामी दिनमा कार्यक्रम हुँदा नियमित र अन्य दिनमा प्रत्येक शुक्रवार सभापति र महामन्त्रीहरूले पार्टी कार्यालयमा नियमित भेटघाट गर्ने उल्लेख गरे ।

राज्यबाट जनतालाई प्रदान गर्ने सेवा प्रवाहमा सरकार संवेदनशील हुनुपर्ने बताउँदै उनले कांग्रेसले लिएका नीतिका कारण अहिले सरकारले धेरै काम गर्न सम्भव भएको उल्लेख गरे । मुलुकमा हाल ठूला भ्रष्टाचारका फाइल खुलेको बताउँदै महामन्त्री शर्माले त्यसमा व्यक्ति को पर्छ भन्ने दोस्रो कुरा भएको उल्लेख गरे ।

उनले कांग्रेसको तत्कालीन सरकारकै पालामा विक्रम संवत् २०५८ सालमा भ्रष्टाचार निवारण ऐन बनेको, कांग्रेस नेतृत्वकै सरकारले मुलुकी अपराध संहिता बनाएर लागू गरेको स्मरण गर्दै भने, ‘कानून बलियो बनाउन र अनुसन्धान बलियो बनाउन कांग्रेस हरसम्भव लागिरहन्छ । दोषी उम्कनु हुन्न र निर्दाेष फस्न नहुनेमा पार्टी स्पष्ट छ ।’

सभापतिलाई गाली गरेर खुइल्यायो भन्ने प्रश्नको जवाफमा उनले गाली र आलोचना शब्दको अर्थ फरक रहेको बताउँदै कमजोरीमा आएका सुझावलाई ग्रहण गरेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे । उनले कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले आफू प्रधानमन्त्री हुँदा तत्कालीन अवस्थामा आलोचना गर्न मिडियालाई राज्यबाट अनुदान सहयोग गरेको स्मरण गराए ।

कांग्रेस रूपान्तरणका नाममा गरिएका कार्यक्रमबाट आएका महत्त्वपूर्ण सुझाव ग्रहण गर्नुपर्ने धारणा व्यक्त गर्दै उनले राजनीतिमा ‘एज’ होइन ‘एजेण्डा’ महत्त्वपूर्ण हुने र ‘एक्जिट पोलिसी’ बनाउनुपर्ने बताए ।

राज्यले नै राष्ट्रपति १ पटक मात्र, प्रधानमन्त्री २ पटक मात्र, मन्त्री ३ पटक मात्र र सांसद ४ पटक मात्र हुन पाउने विधि बनाउनुपर्ने धारणा व्यक्त गर्दै महामन्त्री शर्माले कांग्रेसले यसको बारेमा प्रस्ताव गरेर कानूनको अंग बनाएर लैजानुपर्ने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x