२८ जेठ २०८३, बिहीबार

कांग्रेसलाई जानकारी गराएरै समाजवादी मोर्चा बनेको हो, प्रचण्डलाई आशंका नगरौं : उपसभापति खड्का

साउन ८, २०८०
काठमाडौं
कांग्रेसलाई जानकारी गराएरै समाजवादी मोर्चा बनेको हो, प्रचण्डलाई आशंका नगरौं : उपसभापति खड्का

नेपाली कांग्रेसका उपसभापति समेत रहेका उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले कांग्रेससँगको सहमतिमा गठबन्धनभित्र समाजवादी मोर्चा बनेको बताएका छन् ।

एमाले–माओवादी गठबन्धन भत्किएर कांग्रेससँग माओवादीको गठबन्धन बनेको दिन नै समाजवादी मोर्चा बनेको उनले जानकारी गराए । 

कांग्रेस केन्द्रीय समिति बैठकलाई सोमवार सम्बोधन गर्दै उपसभापति खड्काले समाजवादी मोर्चालाई लिएर प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति आशंका गर्नु नपर्ने बताए ।

‘समाजवादी मोर्चाको बारेमा यहाँ कुरा उठेको छ । जुन दिन भत्किएको गठबन्धन पुनःस्थापित गर्नेबारे बालुवाटारमा जे खालको सहमति भयो । त्यही दिन समाजवादी मोर्चा बनाउने कुरा भएको हो । सभापति र मेरो अगाडि नै समाजवादी मोर्चा बनाउने कुरा जानकारी गराइएको थियो,’ खड्काले भने, ‘कांग्रेसलाई जानकारी गराएर मोर्चा बनाएको कुरा हो । नेपाली कांग्रेसले त्यही रूपमा बुझ्नुपर्छ । प्रधानमन्त्री प्रचण्डले एक अन्तर्वार्तामा कांग्रेसलाई जानकारी गराएरै मोर्चा बनाइएको भन्नुभएको छ, त्यो सही हो ।’ 

यसअघि केन्द्रीय समिति बैठकमा डा. शेखर कोइराला लगायत नेताले गठबन्धनभित्र मोर्चा बनेकोबारे प्रश्न गरेका थिए । कतिपय नेताले कांग्रेसलाई दबाबमा राख्न प्रचण्डले गठबन्धनभित्र मोर्चा बनाएको बताउँदै आएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्