
नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा उपसभापति र महामन्त्रीद्वयले सदस्यहरूले उठाएका जवाफ दिएका छन् ।
सोमवार बसेको कांग्रेस केन्द्रीय समितिको छैठौं दिनको बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङले जवाफ दिएका हुन् ।
जवाफका क्रममा महामन्त्रीद्वयले पार्टीलाई सुदृढ बनाउन नेतृत्वलाई गरिने आलोचना गाली नहुने बताए ।
महामन्त्री र उपसभापतिको जवाफपछि कांग्रेस बैठक १० गते बुधवारसम्मका लागि स्थगित भएको छ । सभापति शेरबहादुर देउवाले त्यही दिन बोल्ने बताएका छन् । बैठक स्थगित गर्दै देउवाले भने, ‘त्यही दिन बोल्छु ।’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक साउन २ गतेदेखि बसिरहेको छ ।