
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकार गठन प्रक्रियाविरुद्ध परेको रिट मंगलवार सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुँदैछ ।
सभामुख बाबुराम गौतमको समेत मतमा उद्धव थापा मुख्यमन्त्री नियुक्त भएपछि पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।
सोमवार न्यायाधीशहरू सुष्मलता माथेमा र तिलप्रसाद श्रेष्ठको इजलासमा जटिल कानूनी प्रश्न समावेश भएको भन्दै विवाद निरुपणका लागि पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो ।