
नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले कांग्रेसको विकल्प अरु हुन नसक्ने बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित चियापान समारोहमा बोल्दै उनले कांग्रेस एक भएको खण्डमा देशमा ठूलो परिवर्तन आउने बताए ।
पार्टी एकतावद्ध हुनुपर्ने उनको भनाइ छ । ‘पार्टी एक भएको खण्डमा नेपाली कांग्रेसले धेरै ठूलो परिवर्तन ल्याउन सक्छ, उनले भने, 'नेपाली कांग्रेसको विकल्प अरु छैनन्, नेपाली कांग्रेस नै हो । भविष्य नेपाली कांग्रेससँग छ । हामी एक भयौँ भने नेपाली कांग्रेसलाई कसैले हराउन सक्दैन ।’