
सार्वजनिक स्थलमा गरिएको धार्मिक अनुष्ठानमाथि काठमाडौं महानगरपालिकाले अवरोध गरेको छ । काठमाडौं महानगरपालिका वडा नं. ३२ स्थित शंखमुल घाटमा स्थानीयले गरेको ‘प्रथम शंखमुल तीर्थ श्रावणी महोत्सव’मा काठमाडौं महानगरपालिकाले अवरोध गरेको हो ।
स्थानीयले श्रावण १ गतेदेखि शंखमुल घाटमा महोत्सव सञ्चालन गरिरहेका छन् ।
महानगरपालिकासँग अनुमति नलिई अनुष्ठान गरिएको भन्दै महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको नगरप्रहरीको टोलीले मंगलवार अनुष्ठान बन्द गर्न आग्रह गरेको हो ।
पार्कमा हिड्न नपाएको भन्ने जनगुनासो आएको र वडाको स्वीकृति समेत नलिई गरिएको भन्दै नगरप्रहरी प्रमुख पाण्डेले वडाको स्वीकृति लिएर मात्रै गर्न आग्रह गरे । यस्ता कार्यक्रम धार्मिकस्थलमा मात्रै गर्न उनले अनुरोध गरे । स्थानीयले भने शंखमुल घाट धार्मिक स्थल नै भएकाले आफुहरूले महोत्सव गरेको बताएका थिए ।
नगरप्रहरी र स्थानीयबिच केहीबेर भनाभनसमेत भएको थियो ।