२४ जेठ २०८३, आइतबार

देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक

साउन ९, २०८०
काठमाडौं
देउवाले बोलाए कांग्रेस पदाधिकारी बैठक
फाइल फोटो

कांग्रेस सभापति शेरबहादुर देउवाले समसामयिक विषयमा छलफल गर्न पार्टीको पदाधिकारी बैठक बोलाएका छन् ।

उनले आज अपराह्न ४ बजे आफ्नो निजी निवास धुम्बाराहीमा पदाधिकारी बैठक बोलाएका सभापति देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

उनका अनुसार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकका निर्णयको आवश्यक तयारीका लागि पदाधिकारी बैठक बस्न लागेको हो ।

यही साउन २ गतेदेखि जारी कांग्रेस केन्द्रीय समिति बैठक भोलि साउन १० गते अपराह्न ४ बजे बस्ने तय भएको छ । झन्डै ११ महिनापछि बसेको केन्द्रीय समिति बैठक महत्वपूर्ण निर्णय गर्दै भोलि समापन गर्ने तयारी छ ।

salt training

कमेन्ट गर्नुहोस्