कपिलबस्तुमा सर्पले डसेर एक वर्षमा ९ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी प्रमेबहादुर बस्नेतका अनुसार आर्थिक वर्ष २०७९/८० मा ३२ जनालाई सर्पले टोकेको हो ।
यसबाट ९ जनाको मृत्यु भएको उनले बताए । वर्षाको सयममा धेरै मानिसहरू बाहिर सुत्ने गर्दा सर्पको टोकाइका घटनाहरू बढेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
यस्ता घटनालाई न्यूनीकरण गर्न प्रहरीले घरदैलो सचेतना कार्यक्रमहरू सञ्चालन गर्न लागेको एसपी बस्नेतले बताए ।