
रुपन्देहीको मर्चवारमा बाढीले बगाउँदा एक महिला बेपत्ता भएकी छन् ।
सम्मरीमाई गाउँपालिका वडा नम्बर ७ हर्दी बस्ने ३५ वर्षीया मानती यादव दाउरा टिप्न जाँदा दानव खोलामा बेपत्ता भएको प्रहरीले जनाएको छ ।
रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार दिउँसो पौने १२ बजे यादवसहित करिब १५ जना दाउरा टिप्न गएका थिए ।
सोही क्रममा आएको बाढीले मानती यादवलाई बगाएको कुँवरले बताए ।