
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३६ दशमलव १९ अङ्कले घटेको छ ।
दुई हजार एक सय ६४ दशमलव ३१ विन्दुमा पुगेको नेप्सेमा आज दुई सय ६७ वटा कम्पनीको ७७ लाख १६ हजार दुई सय ७७ कित्ता शेयर ५३ हजार पाँच सय ७० पटक खरिदबिक्री भएको थियो ।
सो खरिदबिक्रीबाट दुई अर्ब ९१ करोड सात लाख ३२ हजार चार सय १८ बराबरको कारोबार भएको स्टकले जनाएको छ ।
आज होटल तथा पर्यटन समूहको उपसूचक ७२ दशमलव ३० अङ्कले बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ ।
सबैभन्दा धेरै जीवन बीमा समूह एक सय ७६ दशमलव ४४ र निर्जीवन बीमा समूह एक सय ११ दशमलव १८ अङ्कले घटेको स्टकले जनाएको छ ।