०९ साउन २०८३, शनिबार

मन्त्री मोदीको प्रतिबद्धता – किसानलाई मल र बिउ अभाव हुन दिँदैनौं

साउन ९, २०८०
काठमाडौं
मन्त्री मोदीको प्रतिबद्धता – किसानलाई मल र बिउ अभाव हुन दिँदैनौं
फाइल फोटो

​सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले किसानलाई मल र बिउ अभाव हुन नदिने बताएका छन् । मोरङको लोहन्द्रा खोलामा निर्मित पुलको उद्‌घाटन गर्दै उनले गाउँलाई शहरसँग जोड्न यस्ता पुलबाट मद्दत पुग्ने उल्लेख गरे ।

सरकारले किसानलाई मल र बिउका साथै सिँचाइको सुविधा उपलब्ध गराउन प्राथमिकताका साथ काम गरिरहेको मन्त्री मोदीले बताए । 

सरकारले भ्रष्टाचारका विषयमा शून्य सहनशीलता अपनाएर काम गरिरहेको उनको भनाइ थियो । कर्मचारीको सरुवा सरकारले ‘सरुवा प्रणाली कार्यदल’ले दिएको प्रतिवेदनका आधारमा गर्ने मन्त्री मोदीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्