२५ जेठ २०८३, सोमबार

सुनकाण्डमा मुछिएका डीएसपी केसी प्रहरी सेवाबाट बर्खास्त

साउन ९, २०८०
काठमाडौं
सुनकाण्डमा मुछिएका डीएसपी केसी प्रहरी सेवाबाट बर्खास्त

गृह मन्त्रालयले सुनकाण्डमा मुछिएर निलम्बनमा परेका ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई नोकरीबाट हटाएको छ ।

गृहसचिव दिनेश भट्टराईले सचिवस्तरीय निर्णय गर्दै डीएसपी केसीलाई प्रहरी नियमावलीअनुसार सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाउने निर्णय गरेका हुन् । डीएसपी केसीलाई नोकरीबाट हटाएको निर्णयको पत्र प्रहरी प्रधान कार्यालयमा पुगिसकेको छ ।

प्रहरी प्रधान कार्यालयले आन्तरिक छानबिनबाट उनले गम्भीर आचरण उल्लंघनसहित प्रहरी ऐनविपरीत कार्य गरेको देखिएकाले उनलाई सेवाबाट हटाउन गृह मन्त्रालयसमक्ष सिफारिस गरेको थियो ।

डीएसपी केसीले बुटवलका सुन व्यवसायीबाट ३५ तोला सुन फिर्ता गर्ने शर्तमा ८ लाख ५० हजार रूपैयाँ घुस लिएको र सुन समेत फिर्ता नगरेको ठहर छानबिन समितिले गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्