०२ असार २०८३, मंगलबार

लम्पी स्कीनले गोरु मरेपछि ५० प्रतिशतमात्रै रोपाइँ

साउन ९, २०८०
काठमाडौं
लम्पी स्कीनले गोरु मरेपछि ५० प्रतिशतमात्रै रोपाइँ
फाइल तस्बिर

कूल १२ हजार आठ सय ९८ हेक्टर खेतमा धान खेती हुँदै आएको खोटाङमा हालसम्म छ हजार चार सय ४९ हेक्टर खेतमामात्र रोपाइँ सम्पन्न भएको छ । गत वर्षको साउन–२ गतेसम्ममा ७० प्रतिशत रोपाइँ सकिएको जिल्लामा यसपल्ट साउन पहिलो हप्ता बितिसक्दासमेत ५० प्रतिशत खेतमामात्रै रोपाइँ सकिएको पाइएको हो । 

गाई÷गोरुमा फैलिएको लम्पी स्कीनको महामारीसँगै बेलामा वर्षा नहुनु, यान्त्रीकरणमा सबै किसानको पहुँच नपुग्नेलगायतका कारण जिल्लामा अपेक्षित मात्रामा रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्र खोटाङका सूचना अधिकारी एवं कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले जानकारी दिए । जिल्लामा यस वर्ष धान रोपाइँमा ढिलाइ भएसँगै उत्पादनमा गिरावट आउने सम्भावना देखिएको कृषि विज्ञले बताएका छन् ।  
 

salt training

कमेन्ट गर्नुहोस्