०२ साउन २०८३, शनिबार

कुमारी क्यापिटल लिमिटेड नेशनल पेमेन्ट स्विचमा आबद्ध

साउन १०, २०८०
काठमाडौं
कुमारी क्यापिटल लिमिटेड नेशनल पेमेन्ट स्विचमा आबद्ध

कुमारी क्यापिटल लिमिटेड नेशनल पेमेन्ट स्विचमा आबद्ध भएको छ ।

आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीहरू प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागु गर्न नेशनल पेमेन्ट स्विच (एनपीएस)मा आबद्ध भएको छ ।

कुमारी क्यपिटलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पुष्प शर्मा र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नीलेशमान सिंह प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

सम्झौतापश्चात कुमारी क्यापिटलका आन्तरिक प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडी विभिन्न भुक्तानी तथा लगानी प्राप्त गर्ने कारोबारहरू गर्न सक्ने साथै क्यापिटलका डिभिडेण्ड भुक्तानी, तलब, भेण्डर भुक्तानी, लगायतका विभिन्न प्रकारका भुक्तानीसम्बन्धी कारोबारहरू आफ्ना तथा लाभग्राहीहरूका बैंक खाताहरू बीच सोझै गर्न सकिनेछ ।

पहिलो चरणमा क्यापिटलका इकाइधनीहरूले एसआईपीमा आफ्नो मासिक वा त्रैमासिक लगानी गर्न र  अन्य विभिन्न सेवाहरू पनि थपिने छन् । 

एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरूको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एलपीआईमा हाल ५५ सदस्य बैंक वित्तीय संस्थाहरू आबद्ध छन् भने पीएसपी/पीएसओ, रेमिटेन्स कम्पनीहरू, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरू लगायतका १०० भन्दा बढी गैरबैंकिङ संस्थाहरू इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।

मर्चेन्ट बैंकिङ, बीमा, सहकारी, लघुवित्त लगायतका विभिन्न क्षेत्रहरूमा भुक्तानी कारोबारहरूलाई डिजिटाइज गर्न एनपीएस अन्तर्गतका विभिन्न उपकरणहरू सञ्चालनमा रहेका छन् ।

कुमारी क्यपिटल लिमिटेड कुमारी बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो ।

यसले सन् २०१७ देखि मर्चेन्ट बैंकिङ, सल्लाहकार, लगानी  व्यवस्थापन देखि डिपोजिटरी पार्टिसिपेन्टसम्बन्धी लगायतका विभिन्न सेवाहरू प्रदान गर्दै आएको छ । कुमारी क्यापिटलले सधैं आफ्ना ग्राहकहरूलाई सहज हुने सेवाहरू प्रदान गर्दै आएको छ । अब यस डिजिटाइजेसन सम्बन्धीको थप व्यवस्थाले क्यापिटलको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने क्यापिटलले विश्वास लिइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्