१५ असार २०८३, सोमबार

भेरी अस्पतालमा २४ करोडको एमआरआई मेसिन

साउन १०, २०८०
काठमाडौं
भेरी अस्पतालमा २४ करोडको एमआरआई मेसिन

पश्चिम नेपालकै रिफरल अस्पतालका रूपमा विकसित भइरहेको बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा अहिले एमआरआई मेसिन आइपुगेको छ ।

तीन वर्षदेखिको प्रयासपछि झण्डै रु २४ करोड मूल्य बराबरको थ्रिटी एमआरआइ मेसिन मङ्गलवार आइपुगेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईंले जानकारी दिए ।

उनले यहाँ सुविधासम्पन्न एमआरआइ मेसिन उपलब्ध भएकाले सामुदायिक स्वास्थ्य क्षेत्रमा  निकै उपलब्धिपूर्ण भएको बताए । “तीन वर्षदेखिको प्रयासपछि अस्पतालमा मेसिन आइसकेकाले यथासम्भव सीमित स्रोत र साधनबाट यसलाई सञ्चालन गरी आमजनताको स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउने छौं । यस्ले सामुदायिक स्वास्थ्यको क्षेत्रमा निकै महत्वपूर्ण उपलब्धि हासिल गर्नेमा हामी विश्वस्त छौं ।” उनले भने, “आजैदेखि यसलाई जडान गर्न थालिने छ । त्यसका लागि पूर्वधार तयार गर्न यसअघि नै नयाँ भवनमा इमरजेन्सी कक्ष सारिसकेका छौं ।”

तीन वर्ष अघि डा. प्रकाश थापा मेडिकल सुपरिटेन्डेन्ट रहँदा यहाँ विशिष्टिकृत प्रयासलाई तीव्रता दिइएको थियो । त्यतिबेलै तत्कालीन मेसु डा. थापा नेतृत्वले एमआरआइका लागि पहल गरेका थिए ।

रु १८ लाख ३९ हजार अमेरिकी डलर मूल्यको एमआरआइ मेसिनका लागि डेढ वर्षअघि खुल्ला बोलपत्रमार्फत एलसी खोलिएकामा विभिन्न प्रशासनिक झमेला भए पनि खरिद प्रक्रियाले साकाररूप लिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्