पश्चिम अफ्रिकी मुलुक नाइजरमा सेनाले 'कू' गरी सत्ता हातमा लिएको छ ।
त्यहाँको सेनाले राष्ट्रिय टेलिभिजनमार्फत सम्बोधन गर्दै सत्ता कब्जाको घोषणा गरेको हो ।
देशको संविधानलाई निष्क्रिय पार्नुका साथै सबै संस्थानहरूलाई निलम्बित गरिएको घोषणा सेनाले गरेको छ ।
साथै देशको सीमालाई समेत बन्द गरिएको छ ।
नाइजरका राष्ट्रपति मोहम्मद बजोमलाई बुधवार बिहानै आफ्नै सैन्य गार्डहरूले नियन्त्रणमा लिएको बीबीसीले उल्लेख गरेको छ ।
बजोम पश्चिम अफ्रिकामा इस्लामिक अतिवादीहरूविरुद्ध लड्न पश्चिमको अटुट सहयात्रीका रूपमा रहेका थिए ।