०९ साउन २०८३, शनिबार

कार्यबाहक प्रधानमन्त्री खड्काले गरे वीरेन्द्र अस्पतालको भ्रमण

साउन ११, २०८०
काठमाडौं
कार्यबाहक प्रधानमन्त्री खड्काले गरे वीरेन्द्र अस्पतालको भ्रमण

कार्यबाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले छाउनीस्थित वीरेन्द्र अस्पतालको निरीक्षण भ्रमण गरेका छन् ।

उनलाई प्रधानसेनापति महारथी प्रभुराम शर्माले स्वागत गर्दै नेपाली सेनाको स्वास्थ्य सेवा तथा कल्याणकारी गतिविधिबारे संक्षिप्त जानकारी गराए ।

कार्यबाहक प्रधानमन्त्री तथा रक्षामन्त्री खड्काले वीरेन्द्र अस्पतालको कम्प्लेक्स, इमर्जेन्सी वार्ड, ट्रमा हल तथा अस्पतालका विभिन्न ओपीडीहरूका साथै भविष्यमा निर्माण गर्ने योजनामा रहेको एमसीटीसी क्षेत्रको अवलोकन गरे ।

त्यस अवसरमा अस्पतालका प्राविधिक सहायक रथी डा. भरतबहादुर भण्डारीले अस्पतालका विविध गतिविधिबारे प्रस्तुतीकरणमार्फत जानकारी गराए ।

कार्यबाहक प्रधानमन्त्री खड्काले वीरेन्द्र अस्पताल र नेपाली सेनाको समग्र स्वास्थ्य सेवा क्षेत्रमा विद्यमान नीतिगत लगायतका सबै समस्याहरू समाधानका लागि आवश्यक पहल थाल्न निर्देशन दिए ।
    
त्यस अवसरमा बलाध्यक्ष रथी सिताराम खड्का, सैनिक स्वास्थ्य महानिर्देशक प्राविधिक उपरथी डा. अरुण शर्मा, रथीवृन्द, रक्षा मन्त्रालयका सहसचिव लगायत अस्पतालका विभिन्न विभागका प्रमुखहरूको उपस्थिति थियो ।

salt training

कमेन्ट गर्नुहोस्