
हवाई भाडामा कर लगाउने सरकारको निर्णयविरुद्ध ट्राभल व्यवसायी कानूनी उपचारमा गएका छन् ।
सरकारले चालू आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत हवाई टिकटमा भ्याट लगाउने निर्णय गरेको थियो ।
सरकारको निर्णय खारेजीको माग गर्दै ट्राभल व्यवसायीको छाता संस्था नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले विहीवार सर्वाेच्च अदालमा रिट निवेदन दिएको छ ।
