
धनुषा प्रहरीले एकै नम्बर प्लेटका दुई वटा मोटरसाइकल बरामद गरेको छ । प्रहरीले एकै रङको १६० सीसीको अपाचे मोटरसाइकल बरामद गरेको हो ।
‘प्रदेश–२०२००३ प ४०२३’ नम्बर लेखिएको उक्त मोटरसाइकल बरामद भएको प्रहरीको भनाइ छ ।
मोटरसाइकलसहित त्यसमा सवार दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।