०४ असार २०८३, बिहीबार

विमानस्थलबाट अवैध सुन बरामद

साउन १२, २०८०
काठमाडौं
विमानस्थलबाट अवैध सुन बरामद

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले अवैध सुन बरामद गरेको छ।  

अवैध रुपमा भन्सार छलि लैजान लागेको ५८ ग्राम सुनसहित प्रहरीले भारतीय नागरिक ३० वर्षीय इमरान सिराजलाई पक्राउ गरेको हो। 

बिहीबार दिउँसो हिमालय एयरलाइन्सको उडानद्वारा दोहा कतारबाट काठमाडौं आएका सिराजलाई आगमन टनेल गेटमा प्रहरीले जाँच गर्ने क्रममा उक्त सुनसहित पक्राउ गरेको हो। 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ।
 

salt training

कमेन्ट गर्नुहोस्