१९ असार २०८३, शुक्रबार

आज रक्तसञ्चार दिवस मनाइँदै

साउन १२, २०८०
काठमाडौं
आज रक्तसञ्चार दिवस मनाइँदै
प्रतिकात्मक तस्वीर

देशभर आज शुक्रवार ५८औं रक्तसञ्चार दिवस मनाइँदैछ ।

हरेक वर्ष साउन १२ गते रक्तसञ्चार दिवस मनाइँदै आएको छ । 

विक्रम संवत् २०२३ साउन १२ गते नेपाल रक्तसञ्चार सेवा स्थापना भएको थियो । रक्तसञ्चार केन्द्रहरूले दिवसका अवसरमा रगत संकलनदेखि वितरणसम्मका कार्य गर्दै आएका छन् । केन्द्रीय रक्तसञ्चार केन्द्रले दिवसका अवसरमा  रक्तदान, रक्तदाता सम्मान कार्यक्रम तथा वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै आएको छ ।

यस वर्ष पनि रगत दानका लागि उत्प्रेरणाका कार्यक्रम आयोजना गरिएको केन्द्रका निर्देशक दिव्यराज पौडेलले बताए । केन्द्रको गत वर्षको तथ्यांकअनुसार नेपालमा वार्षिक ४ लाख ५० हजार युनिट रगत आवश्यक पर्छ ।

मागको ९० प्रतिशतभन्दा बढी रगत नेपाल रेडक्रसको नेटवर्कबाट वितरण हुने निर्देशक पौडेलले जानकारी दिए ।

‘सुलभ, गुणस्तरीय र मर्यादित सेवा, नेपालको रक्तसञ्चार सेवा’ नाराका साथ केन्द्रले सेवा उपलब्ध गराउँदै आएको छ । अहिले देशभर ११९ रक्तसञ्चार केन्द्र छन् । त्यसमा रेडक्रसका प्रमुख निकाय केन्द्रीय रक्तसञ्चार सेवासँगै ५ प्रदेशमा प्रादेशिक रक्तसञ्चार सेवा र २४ जिल्लामा जिल्लास्तरीय रक्तसञ्चार सेवा छन् ।

केन्द्रीय रक्तसञ्चार केन्द्रका निर्देशक पौडेलका अनुसार रगतसँगै रक्ततत्वको बढ्दो मागसँगै रक्तदाताको संख्या बढाउन, रगत परीक्षणमा नयाँ प्रविधिको प्रयोग गर्न, रक्तसेवा शुल्कको एकरुपता, रक्तसञ्चार केन्द्रको आर्थिक सवलीकरण र दीर्घकालीन सेवा प्रवाह चुनौतीको रूपमा रहेका छन् । यस्तै रगतको चिकित्साजन्य प्रयोग चुनौतीका रूपमा रहेको छ ।

नियमितरूपमा रक्तदाताको संख्या बढाउन साझेदार निकायले आह्वान गर्दै आएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्