
प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ ।
शुक्रवार बिहान बोलाइएको समिति बैठक कोरम नपुगेपछि स्थगित भएको हो ।
२६ सदस्यीय समितिमा बैठक बस्न १४ सांसद आवश्यक पर्नेमा १३ जना मात्रै उपस्थित भएका थिए ।
बिहान साढे ११ बजे बोलाइएको बैठकमा गणपूरक सांसदहरू उपस्थित नभएपछि बैठक बस्दै नबसी स्थगित भएको हो ।