०८ साउन २०८३, शुक्रबार

हिताचीका वासिङ मेसिन, रेफ्रिजेरेटर र राइस कुकर नेपाली बजारमा

साउन १२, २०८०
काठमाडौं
हिताचीका वासिङ मेसिन, रेफ्रिजेरेटर र राइस कुकर नेपाली बजारमा

हिताची होम अपलायन्सको आधिकारिक वितरक युनिभर्सल इलेक्ट्रोकम प्रालिले थप चारवटा विशेष होम अपलायन्सको उत्पादन नेपाली बजारमा ल्याएको छ ।
हिताचीका एक्सपोर्ट सेल्स हेड एल्भिन थाम, यूनिभर्सल इलेक्ट्रोकमका कार्यकारी निर्देशक सञ्जय अग्रवाल र महाप्रबन्धक आयास जोशीद्वारा हिताचीका नयाँ उत्पादनहरू संयुक्त रुपमा अनावरण गरिएको हो ।

कम्पनीले नवप्रवर्तन र ग्राहकको खुशीको लागि आफ्नो प्रतिबद्धता जनाउँदै नवीन प्रविधि युक्त दुई वासिंग मेसिन, एक डबल–डोर फ्रिज र राइस कुकरसहित चार वटा नयाँ हिताचीका उत्पादनहरू बजारमा भित्र्याएको छ ।

हिताची वासिंग मेसिन नयाँ अनावरणको मुख्य आकर्षण  रहेको छ । यसमा प्रयोगकर्ता–मैत्री डिजाइनको साथमा साथमा उन्नत प्रविधिको संयोजन सहितको सुविधाहरू समावेश गरिएको छ ।  यस वासिंग मेसिन दुई ओटा भिन्न मोडलहरूमा उपलब्ध रहेका कम्पनीले जनाएको छ । 

जसमा ८ केजीको क्षमता BD–802HVOS मा रहेको छ भने ९ केजीको  क्षमता BD–904HV0S मा रहेको छ । यी दुवै मोडेलहरूमा फुल अटोमेटिक र फ्रन्ट–लोडिङको प्रभावकारी विशेषता रहेको छ । जसले गर्दा झन्झटमुक्त लुगा धुने अनुभव प्रदान गर्नेछ । साथमा स्टीम फंक्शन, ट्याङ्गल–फ्री फिनिस डिजाइन, र “एड गार्मेन्ट ड्युरिङ वाश” सुविधाको साथ, लुगा धुन अझै सजिलो हुनेछ ।

यी दुवै फ्रन्ट–लोडिङ, पूर्ण स्वचालित वासिंग मेसिनहरू, नवीन प्रविधि र प्रयोगकर्ता–केन्द्रित सुविधाहरूको संयोजनको साथ डिजाइन गरिएको छ । जसले गर्दा कपडा धुने अनुभवलाई पुनः परिभाषित गर्नेछ ।​

हिताची डबल–डोर फ्रिज, मोडेल HRTN5275MFPSVKH, आधुनिक रेफ्रिजरेसन प्रविधिको चमत्कार हो । खानालाई लामो समयसम्म ताजा र स्वादिष्ट राखेर, यो फ्रिजले खाद्य संरक्षणलाई पुनः परिभाषित गर्दछ । यो रेफ्रिजरेटरमा २७५ लिटरको विशाल क्षमता छ , चिसो हावा वितरणको लागि राउण्ड एयर कुलिङ तथा गन्ध र ब्याक्टेरियाबाट छुटकारा पाउन ट्रिपल पावर फिल्टर जडित छ । यसमा रहेको प्रत्येक सेल्फहरूमा १०० केजीसम्मको भार थेग्न सक्ने क्षमता रहेको छ ।

हिताची राइस कुकर, मोडल RZ–S18MM W, हालै मात्र थपिएको हिताचीको नयाँ उत्पादन हो । यसको उत्पादन खाना पकाउने दिनचर्यालाई  अझै सहज र सजिलो  बनाउन गरिएको हो । यो ८००–वाट को राइस कुकरमा १.८ लिटर क्षमता रहेको छ र यसमा रहेको थ्रीडी हिटिङ एलेमेन्टले जुनसुकै बेला चामल पाक्ने सुनिश्चित गर्दछ ।

१२ घण्टासम्म खाना तातो रहने विशेषताले खानालाई दिनभर तातो र ताजा राख्छ भने १.५ मिमी नन–स्टिक भित्री भाँडोले खाना पस्किन र सरलताका साथ सफाई गर्न मदत गर्दछ ।

यस्तै, युनिभर्सल इलेक्ट्रोकम प्रालिले हिताचीको नयाँ उत्पादन लाइन सार्वजनिक गरेसँगै नेपाली घरपरिवारका लागि महत्वपूर्ण प्राविधिक फड्को मारेको प्रतीक गर्दछ । 

राइस कुकर, वासिंग मेसिन, र डबल–डोर रेफ्रिजरेटरहरू सबैले तिनीहरूको अत्याधुनिक सुविधाहरू र प्रयोगकर्ता–अनुकूल डिजाइनहरूको साथ समकालीन जीवनको लागि स्तर बढाउने लक्ष्य राख्छन् । यस कार्यक्रममा श्री एल्भिन थामको उपस्थितिले ब्रान्डको गुणस्तर प्रतिको समर्पणलाई उजागर गर्दछ र ग्राहकहरूलाई यी उपकरणहरूले उहाँहरूको अपेक्षाहरू पूरा गर्ने र राम्रो परिणाम दिने ग्यारेन्टी दिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्