२६ जेठ २०८३, मंगलबार

मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक बलात्कारको आरोपमा पक्राउ

साउन १२, २०८०
काठमाडौं
मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक बलात्कारको आरोपमा पक्राउ

एक किशोरीलाई बलात्कार गरेको आरोपमा मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक तथा इञ्जिनियर हरिकुमार पोखरेल पक्राउ परेका छन् ।

पोखरेललाई काठमाडौंको त्रिपुरेश्वरबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । 

एक युवतीले पोखरेलविरुद्ध बलात्कारको आरोपसहित उजुरी दिएपछि अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्