सर्लाही, २९ भदौ - प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले सर्लाहीको मलंगवामा आयोजना भएको चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । चुनावी सभालाई सम्बोधन गर्न उनीहरु सर्लाही पुगेका छन् । प्रधानमन्त्री सहभागी चुनावी सभाका अधिकांश सवारी साधन भारतीय नम्बर प्लेटका रहेका छन् । उनीहरुसँगै नेपाली कांग्रेसका झण्डै एक दर्जन केन्द्रीय सदस्यले समेत सर्लाहीको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अब केही बेरमा नेपाली कांग्रेसको चुनावी सभालाई बरिष्ठ नेताहरुले सम्बोधन गर्नेछन् । उनीहरुसँग नेविसंघ र तरुण दलका केन्द्रीय नेताहरुपनि सर्लाही पुगेका छन् । असोज २ मा हुने प्रदेश नम्बर दुईको स्थानीय निर्वाचनलाई लक्षित गरेर कांग्रेसले आज सर्लाहीमा चुनावी सभाको आयोजना गरेको छ । अहिले गाउँगाउँबाट कांग्रेसका नेता कार्यकर्ता सर्लाही सदरमुकाम आइरहेका छन् । प्रदेश नम्बर दुईको चुनावी प्रचार प्रसारमा भारतीय नम्बर प्लेटका गाडिको व्यापक दुरुपयोग भएको छ ।