२५ जेठ २०८३, सोमबार

मन्दिर अगाडि अश्लील टिकटक बनाउने पक्राउ, भिडियो खिच्ने व्यक्तिको पनि खोजी हुँदै

साउन १२, २०८०
काठमाडौं
मन्दिर अगाडि अश्लील टिकटक बनाउने पक्राउ, भिडियो खिच्ने व्यक्तिको पनि खोजी हुँदै

मन्दिर परिसरमा अश्लील हर्कत गरी टिकटक बनाउने एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनुषाको औरही गाउँपालिका ६ का अनिरूद्र यादव रहेका छन् ।

जानकी मन्दिरको विवाह मण्डपभित्र अश्लील हर्कत गर्दै टिकटक बनाएर सामाजिक सञ्जालमा राखेको अभियोगमा १८ वर्षीय यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीका अनुसार भिडियोमा तीन जनाको संलग्नता रहेको पाइएकाले भिडियोमा देखिएकी महिला र  भिडियो खिच्ने व्यक्तिको खोजी भइरहेको छ । 

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्