२३ जेठ २०८३, शनिबार

नवजात शिशुको सालनालमासमेत प्लाष्टिकको मात्रा भेटियो, पोलिथिनको मोटाइ मापन गर्दै महानगर

साउन १२, २०८०
काठमाडौं
नवजात शिशुको सालनालमासमेत प्लाष्टिकको मात्रा भेटियो, पोलिथिनको मोटाइ मापन गर्दै महानगर

काठमाडौं महानगरपालिकाले पोलिथिनको मोटाइ मापनका लागि अनुगमन गर्ने भएको छ । महानगरमा प्लाष्टिक निषेध कार्यक्रम कार्यान्वयनका लागि माइक्रोमिटरबाट पोलिथिनको मोटाइ नापेर अनुगमन गरिने मेयर बालेन शाहले जानकारी दिएका छन् ।

महानगरका लागिभन्दा पनि महानगरवासी, वातावरण, जीव जनावरको बचावटका लागि अनुगमन गरिने मेयर शाहले बताएका छन् । ‘प्लाष्टिकले हामीलाई कति हानी गरिरहेको छ भन्ने कुरा महसुस हुन सकेको छैन । तर अध्ययनअनुसार नवजात शिशुको सालनालमा माइक्रो प्लाष्टिक पाइएको छ’ उनले लेखेका छन् । साथै उनले जनावरको दिशामा पनि प्लाष्टिक पाइएको बताएका छन् ।

‘शहरको सभ्यताका बिम्ब बागमती, विष्णुमती, मनोहरा, धोवीखोला, टुकुचालगायतका नदी, राजकुलाहरू र खुल्ला स्थानहरूमा प्लाष्टिक फ्यालिएका कारण प्रदूषित बनेका छन् । सामुदायिक चौपायाले खानेकुरासँगै प्लाष्टिक खाँदा पशु स्वास्थ्यमा पनि गम्भीर आघात परेको छ’ उनले लेखेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्