२६ जेठ २०८३, मंगलबार

आज समाजवादी विद्यार्थी मोर्चाको गठन र घोषणा हुँदै

साउन १४, २०८०
काठमाडौं
आज समाजवादी विद्यार्थी मोर्चाको गठन र घोषणा हुँदै

समाजवादी मोर्चा निकट समाजवादी विद्यार्थी मोर्चाको गठन र घोषणा आज हुँदैछ ।

आज आइतबार दिउँसो १२ः०० बजे मोर्चाको गठन र घोषणा हुँदैछ ।

च्यासलस्थित हिमालयन कलेज अफ इन्जिनीयरिङमा विद्यार्थी मोर्चाको घोषणा हुने कार्यक्रम तय भएको जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार घोषणा कार्यक्रमलाई प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतका नेताहरूले सम्बोधन गर्ने भएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्