×

NMB BANK
NIC ASIA

पोखरा महानगरले सञ्चालन गर्‍यो कृषि एम्बुलेन्स

पाेखरा | साउन १४, २०८०

NTC
Premier Steels

पोखरा महानगरपालिका–१६ अर्मला निवासी वर्षा गुरुङले आफ्नो बारीमा गोलभेंडा र तरकारी खेती उत्पादन गर्छिन् तर उत्पादित तरकारी किन्नकै लागि भनेर अर्मलासम्म व्यापारी पुग्दैनन् ।

Muktinath Bank

उत्पादित तरकारी बिक्री गर्न उनलाई १० किलोमिटर टाढा पोखरा–९ स्थित शान्तिवनको तरकारी तथा फलफूल बजारमा पुग्नुपथ्र्यो भने उत्पादित तरकारीले उचित मूल्य समेत पाउन मुस्किल थियो तर अहिले आफ्नै वडाको ठूलीपोखरीमा किसान बजारस्थल खुलेपछि उत्पादित तरकारी बिक्री गर्न गुरुङलाई शान्तिवन धाउनुपर्ने अवस्था हटेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पोखरा–१९ पुरनचौरका किसान तुल्सी बाँस्तोलाको पीडा पनि गुरुङकै जस्तै छ । आफ्नो बारीमा उत्पादन गरेको घिरौला, काक्रा, लौका, सिमी, बोडी र गोलभेंडा बिक्रीका लागि उनी पनि २० किलोमिटरको दूरी पार गर्दै पोखरा–९ को शान्तिवनस्थित तरकारी बजारमा पुग्नुपर्ने अवस्था थियो तर शनिवारदेखि यस क्षेत्रका किसानले उत्पादन गरेको कृषि उपज आफ्नै वडामा किन्ने व्यवस्था पोखरा महानगरपालिकाले गरिदिएको छ ।


Advertisment
Nabil box
Kumari

पोखरा महानगरपालिका–१९ र १६ को सङ्गमस्थल ठूलीपोखरीमा किसान बजार सञ्चालनमा आएपछि किसानले उत्पादन गरेको कृषिजन्य वस्तुले बजार पाएको छ । पोखरा महानगरपालिकाले १ महिनायता कृषि एम्बुलेन्स सञ्चालन गरी वडाको दुर्गम क्षेत्रमा उत्पादित तरकारी बजार क्षेत्रमा ल्याएर बिक्री गर्ने व्यवस्था मिलाइदिएपछि किसानको अनुहारमा खुशी छाएको छ । 

Vianet communication

पोखरा महानगरपालिका–१९ र १६ को सङ्गमस्थल ठूलीपोखरीमा सञ्चालनमा ल्याइएको किसान बजारस्थलमा शनिवार तरकारी किन्न स्थानीयको भीड नै लागेको थियो । तरकारी किन्दै गरेका पोखरा–१६ निवासी वेनीबहादुर बस्नेतले भने, ‘किसान बजारसँगै हामी स्थानीय उपभोक्ताले ताजा र सस्तो मूल्यमा तरकारी उपभोग गर्न  पाएका छौं । बिचौलिया हाबी नहुँदा किसानले समेत उचित मूल्य पाएका छन् ।’

स्थानीय उपपभोक्ताले बजारले नियमितता पाउनुपर्ने माग राखेका छन् । भारतबाट ल्याइएको वासी र विषादीयुक्त तरकारी उपभोग गर्नुपर्ने बाध्यता अब हामीलाई हटेको स्थानीय दुर्गादेवी अधिकारीले बताइन् ।

वडास्तरीय उक्त किसान बजारस्थलको संयोजक जीतबहादुर बस्नेत रहेका छन् । उनले बजारलाई नियमितता दिने प्रयास आफ्नो रहने र फलफूलका साथै पछिल्ला दिनमा दूध र मासुको समेत व्यवस्था गरिने बताए । महानगरपालिकाको कृषि एम्बुलेन्सले ल्याएको तरकारी बजारस्थलमा १०–२० प्रतिशत नाफा लिएर उपभोक्तलाई बिक्री गरिएको जानकारी संयोजक बस्नेतले दिए । कृषि एम्बुलेन्सले ल्याउन नसकेका दिन पनि बजारकै तर्फबाट ढुवानी गरेर तरकारी बजारस्थलमा ल्याइने प्रतिबद्धता संयोजक बस्नेतको छ । 

ठूलीपोखरीमा शनिवारदेखि सञ्चालनमा आएको किसान बजारस्थलको उद्घाटन पोखरा महानगरपालिका–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, वडा नम्बर १६ का अध्यक्ष अमृत तिमिल्सेना र पोखरा महानगरपालिका कृषि तथा पशु सेवा महाशाखाका प्रमुख मनोहर कडरियाले सयुक्त रूपमा गरेका थिए ।

सो अवसरमा बोल्दै वडा नम्बर १९ का वडाध्यक्ष पाण्डेले किसानले उत्पादन गरेको तरकारीको बजारीकरण गरी उनीहरूलाई कृषिप्रति आकर्षित गर्नुपर्नेमा जोड दिए । युवाको विदेश मोहलाई घटाउनका लागि पनि सरकारी तहबाट कृषि क्षेत्रलाई अनुदान दिएर भए पनि कृषिप्रति युवाको आकर्षण बढाउन जरुरी रहेको भनाइ पाण्डेको छ । 

पोखरा–१६ का वडाध्यक्ष तिमिल्सेनाले किसान बजारलाई निरन्तरता दिने कार्यमा आफ्नो प्रयास रहने बताउँदै नजिकै बजार स्थापना भएपछि स्थानीय किसानले समेत आफ्नो उत्पादनलाई वृद्धि गर्ने विश्वास उनले दिलाए । किसानलाई प्रोत्साहन र कृषि क्षेत्रको प्रवर्द्धन गर्न वडास्तरबाट समेत बीउबिजन र सहजरूपमा रासायनिक मल उपलब्ध गराउने व्यवस्था मिलाउन आफ्नो प्रयास रहने प्रतिबद्धता तिमिल्सेनाले गरे ।

पोखरा महानगरपालिका कृषि तथा पशु सेवा महाशाखा प्रमुख कडरियाले पोखरा महानगरपालिकाले पोखराका विभिन्न १५ स्थानमा संकलन केन्द्र र ५ स्थानमा किसान बजारस्थल सञ्चालनमा ल्याएको जानकारी दिए । कृषि क्षेत्रको प्रवर्द्धन गर्न र पोखरेली उपभोक्तालाई ताजा र कम विषदीयुक्त तरकारी खुवाउन आफ्नो प्रयास रहेको बताए । कृषि एम्बुलेन्सले पोखराका विभिन्न वडामा पुगेर किसानले उत्पादन गरेको तरकारी विभिन्न बजारस्थलसम्म ल्याउने गरेको जानकारी कडरियाले दिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x