कात्तिक २०, २०८०
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको अध्यक्षमा उम्मेदवारी दिएका उमेशकुमार खड्का आगामी २०२३–२५ कार्यकालका लागि सर्वसम्मत रूपमा अध्यक्ष चयन भएका छन् ।
राजधानी लिसबनमा सहमतिका लागि गरिएको घण्टौं लामो प्रयासपश्चात अध्यक्षसँगै बाँकी अन्य सबै पदहरूमा समेत सर्वसम्मत सहमति जुटेको हो ।
निर्वाचन समितिले निर्वाचन गर्नुभन्दा सकेसम्म सहमति नै गरेर अगाडि बढ्ने योजना बनाएको थियो । त्यसअनुरूप मनोनयन दर्ता गराएका कतिपय उम्मेदवारहरूले अन्तिम समयमा आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए ।
उम्मेदवारी फिर्ता लिएसँगै सर्वसम्मत सहमतिका लागि बाटो खुलेको थियो । उपाध्यक्ष, सचिव, महासचिव, कोषाध्यक्ष लगायत सबै पदमा सर्वसम्मत सहमति जुट्न सहज बनेको थियो ।
वरिष्ठ उपाध्यक्षमा दिपा काफ्ले र महासचिवमा भुवन कंडेल सर्वसम्मत रूपमा चयन भएका छन् । महिला उपाध्यक्षमा माया पौडेल खरेल र महिला संयोजकमा सरिता शर्मा चयन भएकी छन् । सहमतिका लागि भनेर ९ जना उपाध्यक्ष र ५ जना सचिव चयन गरिएको छ ।
एनआरएनए पोर्चुगलले जुलाई ३० तारिख नवौं राष्ट्रिय महाधिवेशनको निर्वाचन तालिका कार्यक्रम सार्वजनिक गरेको थियो । पोर्चुगलमा करीब ३५ हजार नेपालीहरू बसोबास गरिरहेको अनुमान छ । पोर्चुगलको एनआरएनएमा कम्तीमा २ हजार ५०० सदस्य संख्या आवद्ध छन् ।
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...