१९ असार २०८३, शुक्रबार

१६ जिल्लाका नदीहरूमा बहाब बढ्ने, केहीमा आकस्मिक बहाबको जोखिम

साउन १४, २०८०
काठमाडौं
१६ जिल्लाका नदीहरूमा बहाब बढ्ने, केहीमा आकस्मिक बहाबको जोखिम
फाइल तस्बिर

आज (आइतवार) देशभरका १६ जिल्लाका स-साना नदीहरूमा बहाब बढ्ने सम्भावना छ । आज इलाम, झापा, पाँचथर, सिन्धुली, बारा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), लमजुङ, कास्की, पर्वत, म्याग्दी, बाग्लुङ र आसपास भई बहने स-साना नदीहरूमा बहाब बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार यी जिल्लाका केही नदीमा आकस्मिक बहाबको जोखिम रहेकोले तटीय क्षेत्रमा सतर्कता अपनाउन आवश्यक छ ।

यस्तै आज ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, धनकुटा, उदयपुर, सुनसरी, मोरङ, पर्सा, सिरहा, सप्तरी, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रुपन्देही, कपिलवस्तु, पाल्पा, बाँके, बर्दिया, दाङ, रुकुम पूर्व, रोल्पा, कैलाली, अछाम, दार्चुला, बझाङ, बैतडी, डडेल्धुरा र आसपास भई बहने केही स-साना नदीमा समेत बहाब बढ्न सक्ने पूर्वानुमान छ । यी क्षेत्र भइ बहने साना नदी तटीय क्षेत्रहरूमा सामान्य सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

आगामी ३ दिन देशका प्रमुख नदीहरूमा जलसतह सतर्कता तहभन्दा तल तर बढ्दो रहने पूर्वानुमान छ ।

 

salt training

कमेन्ट गर्नुहोस्