०८ साउन २०८३, शुक्रबार

पहिरोले नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध, सवारीसाधन र यात्रुहरू अलपत्र

साउन १४, २०८०
चितवन
पहिरोले नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध, सवारीसाधन र यात्रुहरू अलपत्र

नारायणगढ-मुग्लिन सडकखण्डमा आज (आइतवार) बिहान पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार बिहान ९ बजे इच्छाकामना गाउँपालिका वडा नं ६ कालिखोलामा लेदोसहितको पहिरो खसेको हो ।

पहिरोका कारण सो सडक भएर गुड्ने सवारीसाधन र यात्रुहरू अलपत्र परेका छन् । 

पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन कठिन भएको उनले बताए ।

पहिरोका कारण यस सडकखण्ड पटक-पटक अवरुद्ध हुँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्