
कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले कृषि क्षेत्रलाई कानूनअनुसार व्यवस्थित बनाउन सरकारले कृषि ऐन, २०८० ल्याउन लागेको बताएका छन् ।
आइतवार काठमाडौंमा भएको एकीकृत कृषि ऐनको आवश्यकताबारे छलफल कार्यक्रममा बोल्दै मन्त्री भुसालले मन्त्रालयले कृषि ऐन, २०८० को मस्यौदा तयार पारेकझ बताए । उक्त ऐन सरोकारवालाको सुझाव लिएर चाँडै संसदमा पेस गर्ने उनले बताए ।
कृषि क्षेत्र नेपालीहरूको जीवन पद्धतीसँग जोडिएकाले नीति, नियम, कानूनअनुसार व्यवस्थित बनाउने र सरकारले पूरा गर्नुपर्ने दायित्व पूरा गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । मन्त्री भुसालले जीवन पद्धतिसँग कृषि जोडिए पनि अहिलेसम्म कृषि ऐन नबन्नु लाजमर्दो कुरा भएको बताए ।
मन्त्री भुसालले संविधान बनेसँगै कृषि ऐन बन्नुपर्ने भए पनि विभिन्न कारणले अहिलेसम्म बन्न नसकेको भन्दै यसलाई लामो छलफल र सुझाव भन्दा पनि आवश्यक विषयमा मात्रै छलफल गरी टुंग्याउनु पर्ने बताए ।