
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् । साउन २० गतेदेखि प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि सकिँनै लाग्दा प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलका नेतासँग बालुवाटारमा छलफल गरेका हुन् ।
प्रधानमन्त्री अध्यक्ष हुने संवैधानिक परिषद्को बैठक बोलाएर प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने भएकोले ओलीसँग छलफल गरेको सचिवालय स्रोतले जनाएको छ । प्रमुख प्रतिपक्षी दलका नेता पनि परिषद्मा सदस्य हुने प्रावधान छ ।
‘हिजो प्रधानमन्त्रीले बोलाउनुभएको थियो । त्यसैले अध्यक्ष आज प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटारमा जानुभएको हो’ ओलीको, ‘अहिलेका प्रधानन्यायाधीशको पदावधि सकिंदैछ । यसैले संवैधानिक परिषद्को बैठक डाकेर सिफारिस गर्नेसम्बन्धमा छलफल भएको बुझेका छौं । उहाँहरूबीच एक घण्टाजति छलफल भयो ।’