
नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र कुमारी सुनौलो लगानी योजनाबीच सम्झौता भएको छ । सम्झौता अनुसार कुमारी क्यापिटलको म्युचुअल फण्डको वेबसाइटमा इसेवामार्फत भुक्तानी गर्न सकिने छ ।
अनलाइन भुक्तानीसम्बन्धी सम्झौतामा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदिश खड्का र कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।
यसका साथै इसेवा र इसेवा रेमिटले यूकेएआईडी एसईपी–सीप परियोजनासँगको सहकार्यमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई रेमिट्यान्सको सदुपयोग गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको इसेवाले जनाएको छ ।
यस कार्यक्रम अन्तर्गत वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूले पठाएको रेमिट्यान्सलाई सहज रुपमा लगानी गर्न शुभलक्ष्मी कोषको एसआईपी/युनिट पर्चेज उपयोगी हुनेछ ।
हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइलमार्फत करिब ७५ लाख ग्राहकले सेवा लिइरहेका छन् ।
यसै गरी देशभर रहेका दुई लाखभन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) मार्फत अप्रत्यक्ष रुपमा डेढ करोडभन्दा बढी जनसंख्याले सेवा लिइरहेका छन् ।
इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका करिब २५ सय वटा मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिने इसेवाले जनाएको छ ।