०९ साउन २०८३, शनिबार

बङ्गलादेशका विपक्षी नेतालाई भ्रष्टाचारको अभियोगमा नौ वर्षको जेल सजाय

साउन १८, २०८०
काठमाडौं
बङ्गलादेशका विपक्षी नेतालाई भ्रष्टाचारको अभियोगमा नौ वर्षको जेल सजाय

बङ्गलादेशका निर्वासित विपक्षी नेतालाई भ्रष्टाचारको अभियोगमा बुधबार नौ वर्षको जेल सजाय सुनाइएको छ ।

बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यवाहक अध्यक्ष ५५ वर्षीय तारिक रहमानलाई नौ वर्ष र उनकी श्रीमती जुबैदा रहमानलाई तीन वर्षको जेल सजाय सुनाइएको भ्रष्टाचार विरोधी आयोगका वकिल खुशीद आलम खानले एएफपीलाई बताए । 

खानले भने, “विपक्षी नेता रहमानलाई आय लुकाएको र आफ्नो आयभन्दा बढी सम्पत्ति जम्मा गरेको आरोपमा नौ वर्षको जेल सजाय सुनाइएको छ भने उहाँकी पत्नीलाई पतिलाई दुरुत्साहन गरेको आरोपमा तीन वर्षको जेल सजाय सुनाइएको छ ।”

बीएनपीका वकिल मसूद अहमद तालुकदारले यो सजाय ‘शत प्रतिशत राजनीति प्रतिशोधबाट प्रेरित’ भएको बताउँदै तारिक रहमानलाई ‘डिसेम्बर–जनवरीको आम चुनावअघि राजनीतिबाट टाढा राख्न’ यो मुद्दा चलाइएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्