२५ जेठ २०८३, सोमबार

बिहान ११ वर्षीया बालिकालाई बलात्कार दिउँसो १३ वर्षीया बालिकालाई बलात्कार प्रयास, १ जना पक्राउ

साउन १८, २०८०
काठमाडौं
बिहान ११ वर्षीया बालिकालाई बलात्कार दिउँसो १३ वर्षीया बालिकालाई बलात्कार प्रयास, १ जना  पक्राउ
फाइल फोटो

११ वर्षीया बालिकालाई जबरजस्ती करणी तथा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको आरोपमा पाल्पाबाट एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा पाल्पाको तानसेन नगरपालिका ८ पाँडेखर्कका २२ वर्षीय विशाल ठडराई रहेका छन् । उनलाई प्रहरीले बुधवार दिउँसो पक्राउ गरेको हो ।

विशालले ११ वर्षीया बालिकालाई गत आइतवार बिहान बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो । साथै सोही दिन उनले १३ वर्षीया बालिकालाई पनि बलात्कारको प्रयास गरेको उजुरी परेको प्रहरीले जनाएको छ ।

सोही उजुरीका आधारमा प्रहरी चौकी प्रभासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्