१३ असार २०८३, शनिबार

सामाखुशीबाट बेपत्ता बालकको शव दक्षिणकालीमा भेटियो

साउन १८, २०८०
काठमाडौं
सामाखुशीबाट बेपत्ता बालकको शव दक्षिणकालीमा भेटियो

 राजधानीको सामाखुसीबाट खोलाले बगाएर बेपत्ता भएका बालकको शव फेला परेको छ । १३ वर्षीय  साजन मगरको शव दक्षिणकाली नगरपालिका वडा नम्बर ७ को बागमती किनारमा फेला परेको हो । 

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोद डुंगेलले शव साजनकै भएको पुष्टि गरे । 

साउन ७ गते सामाखुसीमा खोलाले बगाउँदा  पानीपोखरीको भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा अध्ययनरत साजन बेपत्ता भएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्